भारतमा नाबालिगलाई बलात्कार गर्ने दुई जनालाई जिउँदै जलाइयो

केन्द्रभाग मिडिया

काठमाडौं।

भारतमा नाबालिगलाई बलात्कार गरेको आरोपमा आरोपितलाई जिउँदै जलाइएको छ ।

भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको हो। जलाइएको दुई जनामा एकको ज्यान गएको छ भने अर्का एक घाईते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती दुई युवालाई मट्टितेल छर्किएर जलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मृत्‍यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् । गम्भीर घाइते आशिषको अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि गाउँ तनावग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

  • २७ जेष्ठ २०७९, शुक्रबार ०९:२३ प्रकाशित