किसानलाई मल अभाव : भन्सारमा थन्कियो ९९७० बोरा मल

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशभरका किसानले खेती गर्ने सिजनमा मल पाइरहेका छैन । मल अभाव हुदाँ किसान चिन्तित छन् ।

किसानले आवश्यक्ताअनुसार मल नपाइरहँदा भन्सार कार्यालयको गोदाममा भने १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको मल विगत १ महिनादेखि जाँचपास नै नभई थन्किएको हो ।

भन्सार विभागका अनुसार विगत १ महिना अघि भन्सार कार्यालयमा आइपुगेको मल जाँचपास नै भएको छैन । मल आयातकर्ता केन्द्र मल जाँचपासका लागि नआएपछि विभागले पत्र लेख्दै जाँचपास गर्न भनेको छ ।

  • २६ जेष्ठ २०७९, बिहीबार १७:०० प्रकाशित