सम्पत्ति शुद्धीकरणमा नयाँ व्यवस्था : उच्च पदस्थको सम्पत्तिमा कडा निगरानी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ।

आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा संशोधन गरेर राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो । शुद्धीकरणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै राष्ट्र बैंकले उच्चपदस्थको पनि निगरानी गर्ने भएको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सामान्य र उच्चपदस्थ गरी दुई प्रकारको ग्राहक पहिचान विवरण तयार पारेर राख्नुपर्नेछ ।
राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार वित्तीय क्षेत्रमा जोखिम धेरै र कम भएकाको पहिचान हुने बताइएको छ ।

  • २६ जेष्ठ २०७९, बिहीबार १६:०३ प्रकाशित