काठमाडौं ।
पहिरोका कारण गएरातीबाट अवरुद्ध भएको मुग्लिन नारायणघाट सडक सुचारु भएको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा गएको पहिरो हटाएसँगै हाल सडक खुलेको हो ।
बुधबार राति ११ बजेतिर खसेको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको थियो ।
बिहीबार बिहानबाट दुई वटा जेसीबी प्रयोग गरि पहिरो हटाउन सुरु गरिएकोमा मध्याह्न मात्रै पहिरो पूर्ण रुपमा सफा गरेर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले सडक दुईतर्फ नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ।