कांग्रेस पोखरामा सभापति र सचिवको लडाई : विजुक्छेविरुद्ध थापाले अनुशासन समितिमा उजुरी दिने

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगर समिति भित्रको  विवाद बढ्दै गएको छ । सचिव गणेश बहादुर थापालाई महानगर समिति सभापति सुरेन्द्रमान विजुक्छेले स्पष्टिकरण सोधे पछि दुइ नेताबीच अहिले जुहारी चलेको छ । लेटर प्याड र छापको दुरुपायोग गदैँ बक्तब्य जारी गरेको भन्दै महानगर समितिले सचिव थापालाई स्पष्टिकरण सोधेको थियो ।

थापाले महानगर समितिको लेटर प्याडमा सभपति विजुक्छेलाई जवाफ फर्काएका छन् । उनले स्पष्टिकरण माग्नुको बैधानिक आधार नरहेको जिकिर समेत गरेका छन् ।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमिति सचिव रहि मैले पदिय दुरुपायोग गरि नेपाली कांग्रेसको कुन चाहि श्रोत साधन, वा नेपाली कांग्रेसको विधान र नियमावली रहेको कुन चाहि व्यवस्था र आचारसंहिता उल्लङ्घन गरे ? थापाले पत्रमा लेखेका छन् । सुनियोजित र झुटा आरोप लगाइएको थापाले पत्रमा उल्लेख गरेका छन् ।

  • २६ जेष्ठ २०७९, बिहीबार १३:४८ प्रकाशित