प्रचण्ड भेट्न खुमलटारमा पुगे अमेरिकी राजदूत बेरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । अहिले राजदूत बेरी र अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ ।

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि आजे ९बिहीबार० नेपाल आउँदै छन् । त्यसकै तयारीका लागि राजदूत प्रचण्डसँगको भेटवार्तामा सरिक भएको जनाईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला फ्लिनको चार दिने नेपाल भ्रमण हुन लागेको हो

  • २६ जेष्ठ २०७९, बिहीबार ११:२९ प्रकाशित