मेलम्चीमा बाढी : अस्थायी पुलमा क्षति, आवातजावत रोकियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

गतवर्ष बाढीले वितण्डा मच्चाएको सिन्धुपाल्चोकको मेलम्ची गएराती फेरि बाढी आएको छ।

गएराती परेको अविरल वर्षाले मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो । सो पुलमा क्षति पुग्दा स्थानीयको आवातजावत रोकिएको छ । अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको बताइएको छ।

  • २६ जेष्ठ २०७९, बिहीबार १०:०७ प्रकाशित