अमेरिकी डलरको भाउ हालसम्मकै उच्चः अन्य देशका मुद्रादर कति ?सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२४ रुपैयाँ ६८ पैसा तोकेको छ । डलरको भाउ बढेसँगै नेपाली रुपैयाँ कमजोर बनेको छ ।

करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ । बुधबार अमेरिकी डलरको खरिददर १२४ रुपैया ०४ र बिक्रीदर १२४ रुपैयाँ ६४ पैसा रहेको थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५५ पैसा रहेको छ ।यस्तै आज एक यूरोको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्रिदर १३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलरको बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा र खरिददर ८९ रुपैयाँ ८२ पैसा छ भने सिंगापुर डलरको बिक्रीदर ९० रुपैयाँ २३ पैसा र खरिददर ९० रुपैयाँ ६७ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा छ । साउदी रियालको बिक्रीदर ३३।०७ रुपैयाँ र खरिददर ३३।२३ रुपैयाँ कायम छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ०८ पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • २६ जेष्ठ २०७९, बिहीबार ०८:३९ प्रकाशित