पोखरा ।
पोखराको सेती नदीमा हाम फालेकी एक किशोरी वेपत्ता भएकी छन् । पोखरा महानगरपालिका वडानम्बर ३ नदीपुर नारायणस्थान नजिक रहेको सेतीनदी पुलबाट हाम फालेकी किशोरी अहिलेसम्म वेपत्ता रहेको अस्थाई प्रहरी विट नदिपुरका बरिष्ठ प्रहरी हवल्दार गौतम श्रेष्ठले जानकारी दिए ।
वेपत्ता हुनेमा पृथ्वीनारायण क्याम्पस पोखरामा बिबिएस पहिलो वर्षमा अध्ययनरत कञ्चन अगस्ती रहेको श्रेष्ठले बताए ।
उनी बिहान क्याम्पस गएको र क्याम्पसमा झोला छोडेर निस्केकी थिइन् । उनी क्याम्पसबाट निस्केर सरासर सेती नदी पुलमा पुगेर हाम फालेको प्रहरीले जानकारी दिएको छ । धादिङ निलकण्ठ गाउँपालिका वडानम्र ५ घर भई हाल पोखरा १ मा बैस्दै आएकी उनी घरपरिवारसगै बस्दै आएकी थिइन् ।
उनले केही समय देखि डिप्रेसनको औषधी प्रयोग गदै आएकी थिइन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारका लागि पुगेका थिए ।
सेती नदीको साघुरो भागमा खसेका कारण सिधै पानीको भेलमा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनी हाम फालेको सिसिटिभि फुटेमा समेत देखिएको छ । सिसिटिभि फुटेजमा उनी फुलबारी तर्फबाट सरासर आएर पुलको रेलिङमा चढेको देखिन्छ ।