प्रसूती विदा कम्तिमा ९८ दिन सरकारको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति विदा ९८ दिन दिन आग्रह गरेको छ । बुघबार एक विज्ञप्ती निकाल्दै मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई महिला कर्मचारीले पाउने प्रसूती विदालाई कडाइका साथ लागु गर्न निर्देशन समेत दिएको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले तोके बमोजिमको विदा सुविधा दिन मन्त्रालयले विज्ञप्तीमा भनेको छ ।

ऐन को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई प्रसूती विदा कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ । सुत्केरी हुनु अघि वा पछि यो सुविधा लिन सकिने ऐनमा व्यवस्था छ ।

  • २५ जेष्ठ २०७९, बुधबार १४:५८ प्रकाशित