काठमाडौं ।
सरकारले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ । अर्थमन्त्रालयले घितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १र१ जना प्रतिनिधि रहने बताइएको छ ।
पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागिरहेको बेला मन्त्रालयले समिति गठन गरेको हो । ३२ सय अंकसम्म पुगेको सेयर बजार करिब २ हजार अंकमा झरिसकेको छ ।