सरकारको प्रतिबद्धता : अबको तीन वर्षमा सबै प्रकारका बालश्रम अन्त्य गर्छौ

केन्द्रभाग मिडिया

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अबको ३ वर्षमा सबै प्रकारका बालश्रम अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । बाध्यात्मक श्रम तथा मानव बेचबिखन पूर्ण रुपमा उन्मूलन गर्ने नेपालको प्रतिबद्धता रहेको मन्त्री श्रेष्ठले बताए ।

स्वीट्जरल्यान्डको जेनेभामा चलिरहेको १ सय १०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मूलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको बताएका छन् ।

उनले आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नै नेपालले काम गरिरहेको समेत बताए ।

  • २५ जेष्ठ २०७९, बुधबार १०:५१ प्रकाशित