पोखरा ।
नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रादर अनुसार आज बुधबार डलरको भाउ उकालो लागेको छ ।
आज एक डलरको खरिददर १२४ रुपैया ०४ र बिक्रीदर १२४ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो (मंगलबार)एक डलरको खरिद दर १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२ पैसा रहेको थियो।
आज बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ २४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९९ पैसा रहेको छ ।यस्तै आज एक यूरोको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्रिदर १३३ रुपैयाँ १२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलरको बिक्रीदर ८९ रुपैयाँ १२ पैसा र खरिददर ८९ रुपैयाँ ५५ पैसा छ भने सिंगापुर डलरको बिक्रीदर ९० रुपैयाँ १७ पैसा र खरिददर ९० रुपैयाँ ६१ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा छ । साउदी रियालको बिक्रीदर ३३.०७ रुपैयाँ र खरिददर ३३.२३ रुपैयाँ कायम छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९८ पैसा र बिक्री दर ३४ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।