जसपाको समीक्षा बैठकमा कुटाकुट, तीन कार्यकर्ता घाइते

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

जनता समाजवादी पार्टीको समीक्षा बैठकमा कुटाकुट भएको छ । हिजो मंगलबार जनकपुरमा बसेको समीक्षा बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाईते भएको बताइएको छ ।

लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको बैठकमा कुटाकुट भएको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।

जसपा सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएका थिए । मन्तव्य सकेर बसेलगत्तै उनलाई एक समूहले कुट्न थालेपछि केहिबेर तनाव सृजना भएको थियो। घाईते हुनेहरुको नाम खुलाइएको छैन ।

  • २५ जेष्ठ २०७९, बुधबार ०८:५५ प्रकाशित