कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गर्‍यो : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गरेको दावी गरेका छन् । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएरको बताए ।

पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिएपनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन सुरक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको बताए ।

अध्यक्ष ओलीले तत्कालीन समयमा आफ्नो जीवनको सुरक्षाको प्रवाह नगरी कोभिड संक्रमितहरुको उपचारमा केन्द्रित भएको भन्दै नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको पनि प्रशंशा गरे । विरामीहरुलाई अक्सिजनको व्यवस्था गर्न सरकारले विमानबाट सिलिन्डर समेत झिकाउनु परेको अध्यक्ष ओलीले स्मरण गराए ।

  • २४ जेष्ठ २०७९, मंगलवार १८:३३ प्रकाशित