बर्दियामा गोली चल्यो, १ जनाको मृत्यु

केन्द्रभाग मिडिया

बर्दिया ।

बर्दियामा गोली चल्दा एक युवतीको ज्यान गएको छ ।

आक्रमणकारी बाघलाई नियन्त्रणमा लिनुपर्ने माग राखेर प्रदर्शन गर्दा भएको झडपमा परी युवतीको ज्यान गएको हो । मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप हुँदा २४ वर्षीया नविना थारुको मृत्यु भएको हो।

झडपमा प्रहरीले गोली चलाएको थियो । युवकको प्रहरीको गोली लागेर गएको हो कि होइन भन्ने पुष्टि भएको छैन ।सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन् । अस्मिताको नेपालगञ्जमा उपचार हुँदैछ । प्रदर्शनको क्रममा ज्यान गुमाएकी नविनाको शव गुलरिया अस्पतालमा राखिएको छ । उनको टाउकोमा चोट लागेको छ ।

  • २४ जेष्ठ २०७९, मंगलवार १०:०९ प्रकाशित