मुस्ताङ जिससमा एमालेको प्यानल नै सर्वसम्मत

केन्द्रभाग मिडिया

काठमाडौं ।

जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत चयन भएका छन् । कांग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत भएका हुन् । ५ पालिका रहेको मुस्ताङमा एमालेको ७ भोट र कांग्रेसको ३ भोट छ ।

एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ ।

सदस्यहरुमा उमेश विक, शान्ता कुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेदवार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार उम्मेदवार बनेकी छिन् ।एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुंगो लगाएको थियो ।

  • २४ जेष्ठ २०७९, मंगलवार ०८:४० प्रकाशित