काठमाडौं महानगरपालिका–१६ का वडा अध्यक्ष मुकुन्द रिजालले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन्। सोमबार बिहानदेखि वडा नम्बर १६ का प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन थालिएको छ । सोर्हखट्टे चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेको अध्यक्ष रिजालले बताए ।
धेरै दिन बितिसक्दा पनि महानगरको वातावरण विभागले फोहोर उठाउन नसकेपछि रिजाल आफैं फोहोर उठाउन अघि सरेका हुन्। सडकमा थुप्रिएका फोहोर उठाउन महानगरको गाडी प्रयोग गरिएको उनले बताए।
गल्ने र नगल्ने फोहोर छुट्टयाएर पुर्ने योजना मुकुन्दले सुनाएका छन् ।यो फोहोर उठाएर अस्थायी समाधानमात्र गरेको रिजालको जिकिर छ। डम्पिङ साइटमा कुरा मिलेपछि फोहोर उतै लगिने छ।