काठमाडौं ।
काठमाडौंको फोहोरमा केमिकल छर्किन थालिएको छ ।
काठमाडौंमा पुनः केही दिनदेखि फोहोर थुप्रिन थालेको छ । फोहोर व्यवस्थापनको पहिलो चरणमा फोहोरको दुर्गन्ध हटाउने काठमाडौंका मेयर बालेन्द्र शाहको योजना अनुसार केमिकल छर्किन थालिएको हो ।
काठमाडौं महानगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा फोहोरको दुर्गन्ध फैलिन थालेको छ । फोहोर संकलनसमेत गर्न नसक्दा सडकमा जताततै फोहोरको थुप्रो देखिन्छ ।