गाउँपालिकामा एमालेबाट बागी उठेका मिश्र पत्नीसहित कांग्रेसमा प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनकी श्रीमती कवितासहित कांग्रेस प्रवेश गरे । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मिश्र दम्पतीलाई सदस्यता लिई पार्टी प्रवेश गरेका थिए। नेकपा एमालेलेबाट बागी उम्मेदवारी दिएपछि उनलाई एमालेले निष्कासन गरेको थियो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मिश्रले टिकट नपाएपछि उनी खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

चम्पादेवी गाउँपालिकामा कांग्रेसका नवराज केसी विजयी भएका छन् ।

 

  • २३ जेष्ठ २०७९, सोमबार १४:४९ प्रकाशित