तत्कालका लागि मन्त्री फेरबदल नहुने, एसका मन्त्रीहरु यथावत्

केन्द्रभाग मिडिया

तकाठमाडौं ।

नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ । आज सपथ ग्रहणको कार्यक्रम हुने अनुमान गरिएको थियो।
आइतबार नै नेकपा एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरिएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति पछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको हो ।
नेकपा एसमा पनि मन्त्री फेरबदल गर्ने विषयका विवाद देखिएको छ ।

माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरे पछि देउवाले कम्तिमा बजेट सदनबाट पारित गरेपछि मात्र निर्णय लिन सुझाव दिएका थिए। त्यसपछि नेपाल ब्याक भएका हुन् ।

अब एसबाट मन्त्री भएका विरोध खतिवडा, प्रेमबहादुर आले, किसान श्रेष्ठ र रामकुमारी झाँक्रीका अलावा राज्यमन्त्री भवानी खापुङ पदमा यथावत् रहनेछन् ।

 

  • २३ जेष्ठ २०७९, सोमबार १४:२७ प्रकाशित