फेसबुकबाट चिनजान, भेट्न बोलाएर सामूहिक बलात्कार

केन्द्रभाग मिडिया

काठमाडौं । बाँकेमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सातजना पक्राउ परेका छन् । बलात्कारमा संलग्न आरोपमा वैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारूलगायत सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टानजिक शंकास्पदरूपमा भे।३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई जना पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

सोधपुछ तथा अनुसन्धानको क्रममा वैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले फेसबुकमार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाई राजकुमार थारूलगायत पाँच जनाले बलात्कार गरेको खुलेको छ ।

यसबाहेक २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको भन्ने खुल्न आएपछि घटनामा संलग्न सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • २३ जेष्ठ २०७९, सोमबार १३:०१ प्रकाशित