बस पुलबाट खस्यो : ९ जनाको मृत्यु, ४ को सनाखत

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुपन्देहीमा बस दुर्घटना हुदाँ ९ जनाको ज्यान गएको छ ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबहाक बस आज बिहान दुर्घटना भएको हो । पुलको बार भत्काउँदै बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीको अनुसार हालसम्म ४ मृतकको सनाखत भएको छ ।

मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप–महानगर वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् ।

बसमा ३३ जना सवार रहेका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ ।

  • २२ जेष्ठ २०७९, आईतवार ०८:५१ प्रकाशित