तनहुँमा सिडिलिण्डर ग्यास पड्किदा ११ वर्षीय बालिकाको घटनास्थलमै मृत्यु

केन्द्रभाग मिडिया

तनहुँ । तनहुँमा खाना पकाउने सिलिण्डर ग्यास पड्किदा एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ७ बजे सिलिण्डर ग्यास पड्किँदा भीमाद नगरपालिका ९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीकी ११ वर्षीया छोरी शुभेक्षा केसी क्षेत्रीको मृत्यु भएको हो ।

सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २१ जेष्ठ २०७९, शनिबार १४:४४ प्रकाशित