प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको बहुमतले विनियोजन विधेयक २०७९/०८० पारित गरेको छ । गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।

यहिँ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।

  • २० जेष्ठ २०७९, शुक्रबार १८:३६ प्रकाशित