५० केजी गाँजासहित एक भारतिय नागरिक पक्राउ

केन्द्रभाग मिडिया

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट प्रहरीले करिब ५० केजी ४ सय ग्राम गाँजा सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामणि थानाबेला–१० नोचा घर भएका ३७ वर्षीय राजेश चौधरी छन् ।

बिहीबार साँझ बस्तीपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना।२ ह १५०८ नम्बरको अटोलाई चेकजाँच गर्दा सो गाँजा फेला परेको थियो । आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

  • २० जेष्ठ २०७९, शुक्रबार १३:०२ प्रकाशित