यु १९ महिला टी २० विश्वकप छनोटमा आज शुक्रबार कतारविरुद्ध मैदान उत्रिँदा नेपाल प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा रहनेछ ।
प्रतियोगिताको लागि १४ खेलाडीसहित नेपाली टिम यसअघि नै मलेसिया पुगिसकेको छ । नेपालकी कप्तान कृतिका मरासिनीले पछिल्लो एक महिनादेखि निरन्तर बन्द प्रशिक्षणमा रहेकाले विश्वकप छनोटमा नेपालले अघिल्लो चरणमा स्थान बनाउनेमा विश्वस्त रहेको बताएकी छिन् ।
६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।
नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको खास परीक्षा थाइल्यान्डविरुद्ध हुनेछ । पछिल्लो समय थाइल्यान्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोष जनक रहन सकेको छैन । बाँकी खेलमा नेपालले शनिबार यूएईविरुद्ध, सोमबार भुटानविरुद्ध, मंगलबार थाइल्यान्डसँग र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।