महासचिव पोखरेल लेख्छन् :‘एमाले सरकार परिवर्तनको खेलमा छैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् ।

सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको विवरण सार्वजनिक भइरहँदा पोखरेलले एमाले सरकार परिवर्तनको खेलमा नभएको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछ ।’

  • २० जेष्ठ २०७९, शुक्रबार १०:०८ प्रकाशित