काठमाडौं ।
फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल आज एकसाथ सिसडोल पुगेका छन् ।
हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न मेयर उपमेयर एकसाथ सिसडोल गएका हुन् ।
सिसडोल पुगेर मेयर साहले स्थानीयसँग आफ्ना आइडिया सेयर गरेका छन् । उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् ।
त्यस्तै उनले फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३–४ महिना लाग्ने बताएका छन् । उनले कुहिने फोहोरबाट मल बनाउने गरी योजना बनाएको पनि सुनाए ।
कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौंका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताएका छन् ।














