नयाँ आइजीको प्राथमिकता : निर्मला पन्त हत्याको अनुसन्धान

केन्द्रभाग मिडिया

काठमाडौं । कन्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटना आफ्नो प्राथमिकतामा रहेको प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले बताएका छन्।

 

आईजीको जिम्मेवारी सम्हालेको एक महिना पुगेको अवधिमा पत्रकारसँग अन्तरक्रिया गर्दै सिंहले उक्त कुरा बताएका हुन्। आईजीपी सिंहले भने, ‘निर्मला पन्तको हत्या घटनाको अनुसन्धान मेरो प्राथमिकतामा छ। अहिले पनि हामी काम गरिरहेका छौं।’

 

सिंहभन्दा अघिका आईजी शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा पन्त बलात्कार हत्या प्रकरण ब्रेक थु्र गर्न नसकेको दुखी भएको बताएका थिए।

 

२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी कञ्चनपुपुरकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

अनुसन्धानको क्रममा उनको बलात्कारपछि हत्या गरेको खुले पनि अहिलेसम्म कसले हत्या गरेको हो भन्ने पत्ता लाग्न सकेको छैन।

  • १९ जेष्ठ २०७९, बिहीबार १८:१२ प्रकाशित