रोकिएन सेयर बजारको ओरालो यात्रा

केन्द्रभाग मिडिया

काठमाडौं ।

चौथो कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणापछी सेयर बजार निरन्तर घटिरहेको छ ।

बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १८ दशमलव २६ अंकले घटेर २११२ दशमलव ४७ बिन्दुमा ओर्लिएको छ ।

यता सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ८१ अंकले घटेर ४१० दशमलव ६६ बिन्दुमा पुगेको छ ।

आज २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १६ करोड १५ लाख १४ हजार १६९ रुपैयाँ कारोबार भएको छ ।

यसदिन म्युचुअल फण्डबाहेक अन्य १२ वटै सूचकमा गिरावट आएको छ ।

यसदिन बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्य सर्वाधिक घटेको छ ।

  • १९ जेष्ठ २०७९, बिहीबार १७:४७ प्रकाशित