कांग्रेससँग तालमेल गरेकै कारण माओवादी केन्द्र तेस्रो शक्ति बन्यो : रमेश लेखक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीसँग तालमेल गरेका कारण नेकपा (माओवादी केन्द्र) तेस्रो शक्तिको रुपमा स्थापित भएको दाबी गरेका छन् ।

हाम्रा नेताहरु सार्वजनिक खपतका लागि बोल्छन् । सिद्धान्तको उडान भर्ने क्रममा पनि बोल्छन् । तत्कालीन नेकपा तीन वटा पार्टीमा विभाजन भएको अवस्थामा नेपाली कांग्रेससँग तालमेल गरेका कारण माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा स्थापित भएको छ । यति कुरा नबुझीकन टिप्पणी गर्न थाल्नुभयो भने कमरेड प्रचण्डका निम्ति पनि हितकर हुँदैन ।”

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का बोल्दै लेखकले “कमरेड प्रचण्डले कुन सन्दर्भमा बोल्नुभएको हो, त्यो थाहा नपाईकन बोल्नु हतारो हुन्छ ।

आगामी संघ र प्रदेश निर्वाचनमा तालमेल हुन्छ वा हुँदैन भन्ने अहिले यकिन नभएको कांग्रेस नेता लेखकले बताए । उनले थपे, “अहिलेसम्म गठबन्धन कायमै छ । सरकारको गठबन्धन पनि कायमै छ । भोलिको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन ? कस्तो मोडालिटीमा हुन्छ ? पूर्वानुमान र अनुमान मात्र हो । निर्वाचनको तिथिमिथि घोषणा गरिसकेपछि त्यसबारे थाहा हुन्छ । राजनीतिमा सबै कुराको सम्भावना हुन्छ । मैले तालमेल हुन्छ पनि भनेको छैन, हुँदैन पनि भनेको छैन ।”

नेता लेखकले संघ र प्रदेशमा तालेमल अघि स्थानीय तह निर्वाचनको सुखद र दुखद परिणामको समीक्षा जरुरी भएको पनि औंल्याए । उनले भने, “स्थानीय तहमा औचित्य र आवश्यकता हेरेर तालमेल भयो । तर मेरै जिल्लामा कञ्चनपुर मित्रवत् प्रतिस्पर्धामा गयौं । एक्लै लड्दा राम्रैसँग विजय प्राप्त गरेका छौं । यसो भन्दैमा म तालेमललाई न्यून मूल्यांकन गर्न चाहन्न । कतिपय ठाउँमा सुखद परिणाम आएको छ । यसबारे समीक्षा गर्नै बाँकी छ ।”

  • १९ जेष्ठ २०७९, बिहीबार १०:२२ प्रकाशित