संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बिहिबार) पनि बस्ने भएको छ ।

प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजे बस्ने भएको छ ।

दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९र०८० माथि बिहिबार पनि सैद्धान्तिक छलफल हुने भएको छ ।

बजेटमाथि मंगलबार र बुधबार पनि सांसदहरुले आफ्नो धारणा राखिसकेका छन्। बुधबार सांसदहरुले बोल्ने क्रम नसकिएकाले त्यसलाई बिहिबार पनि निरन्तरता दिइन लागेको हो ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

  • १९ जेष्ठ २०७९, बिहीबार ०९:३६ प्रकाशित