प्रधानमन्त्री देउवाले बालेनसंगको भेटमा भने : चमत्कार गर्नुभयो, कांग्रेसले सहयोग गर्छ

केन्द्रभाग मिडिया

प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न बालेन प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

उक्त भेटमा देउवाले साहलेलाई उनको विजयमा खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए ।

‘तपाईँले चमत्कार गर्नुभयो । ५ वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ,’ भेटमा देउवाले भने ।

देउवाले काठमाडौं महानगरको विकासका लागि काँग्रेसले सधै सहयोग गर्ने बताएका छन् ।

  • १८ जेष्ठ २०७९, बुधबार १८:२८ प्रकाशित