काठमाडौं ।
केन्द्रीय कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिइने भएको छ ।
सेल्टर आश्रय नेपालले अखिल नेपाल फुटबल संघ एन्फा र एशियाली फुटबल महासंघ फुटबल एएफसीको सहयोगमा कैदीबन्दीलाई फुटबल प्रशिक्षण दिने भएको हो ।
सेल्टरले ४८ कैदीबन्दीलाई फुटबल खेलाडीको प्रशिक्षण तथा समान ३२ जनालाई प्रशिक्षक र रेफ्री प्रशिक्षण दिने छ । महिला सेलमा रहेका कैदी बन्दीले मात्र रेफ्री तालिम पाउने छन् ।
यस सम्बन्धी सम्झौतामा सेल्टर आश्रय र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ ।सम्झौता समारोहमा सेल्टर आश्रयकी अध्यक्ष खुस्बु ओलीले जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउन र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन प्रशिक्षण दिन लागिएको बताइन् ।