पोखरा ।
पोखरा महानगरपालिकाको नगरकार्यपालिका महिला, अल्पसंख्याक दलित सदस्यमा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन् ।
महिला सदस्यमा ५ जना निर्वाचित हुनेमा सबै एमालेबाट निर्वाचित भएका छन् भने अल्पसंख्या र दलित सदस्यका पनि एमालेका ३ जना सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।
सबैभन्दा बढि मत प्राप्त गर्ने निर्वाचित हुने व्यवस्था छ ।
महिला सदस्य र अल्पसंख्यक र दलित सदस्य चयनका लागि बुधबार मतदान भएको थियो ।















