मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

केन्द्रभाग मिडिया

रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका वार्ड –४ स्थित सडकमा लु ७८ प २४०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।

सोही गाउँपालिका वडा नम्बर ७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

  • १८ जेष्ठ २०७९, बुधबार १४:५७ प्रकाशित