पोखरा महानगर नगरकार्यपालिका महिला सदस्यमा सबै एमालेका उम्मेदवार विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको नगरकार्यपालिका महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा ५ जना निर्वाचित हुनेमा सबै एमालेबाट निर्वाचित भएको खुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।

महिला सदस्य र अल्पसंख्यक र दलित सदस्य चयनका लागि बुधबार मतदान भएको थियो ।

अल्पसंख्यक र दलित सदस्यको मतगणना जारी छ ।

  • १८ जेष्ठ २०७९, बुधबार १४:४२ प्रकाशित