पोखरा ।
पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको मतदान सकिएको छ ।
अहिले जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको मुख्या निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । कुल मतदाता १६७ रहेकोमो सबै मत खसेको छ । केही वेरमा मतगणनाको परिणामा सार्वजनिक हुने छ ।
निर्वाचनमा ८ पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो । महिला सदस्यतर्फ ५ जनाका लागि ८ जना र अल्पसंख्यक सदस्यतर्फ ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । ८ जनाका लागि नेकपा एमालेले सबै पदमा उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसले ५, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीले १्१ पदमा उम्मेदवारी दिएका छन् ।
५ महिला सदस्यका लागि एमालेबाट धनकुमारी पोख्रेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्माले मनोनयन दर्ता गराएका थिए । कांग्रेसबाट डाल्डादेवी भुजेल, दुर्गादेवी केसी, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुवा गुरुङले मनोनयन दर्ता गराएका थिए। ३ दलित वा अल्पसंख्यक सदस्यका लागि एमालेबाट गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियाली, माओवादीबाट भीमबहादुर सार्की, जनता समाजवादीबाट पानबहादुर घर्ती र एकीकृत समाजवादीबाट लालबहादुर विकको उम्मेदवारी दिएका छन्
पोखरा महानगरको नगर सभामा नेकपा एमालेको स्पष्ट बहुमत छ । एमालेको बहुमत भएकाले ८ जना एमालेबाट नै चुनिने निश्चित छ । पोखरा नगर सभाको १ सय ६७ सदस्यमा नेकपा एमालेले ८६ सदस्य जितेको छ भने नेपाली कांग्रेसले ७९ र एकीकृत समाजवादीले मेयर र वडा नम्बर २२ मा स्वतन्त्र उम्मेवार विजयी भएका छन् ।
सबैभन्दा बढी मत ल्याउने ८ जना नगरकार्यपालिका सदस्यमा निर्वाचित हुने व्यवस्था छ ।














