एजेन्सी ।
आर्थिक संकटबाट फसेको श्रीलंकाले किसानलाई रोपाइँ गर्न आग्रह गरेको छ ।
श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीराले देशमा खाद्य संकट पनि निम्तिन लागेको भन्दै किसानलाई धान रोप्न आग्रह गरेका हुन् ।श्रीलंकामा अहिले रोपाइँको समय हो । ‘हामी सबै किसानलाई आग्रह गर्छौं खेतमा पस्नुहोस्, अबको १०–१५ दिन मिहेनत गर्नुहोस्,’ उनले भने ।
प्रधानमन्त्री रनिल विक्रमसिंघेले अगस्टदेखि देशमा खाद्य संकट पनि निम्तिने घोषणा गरिसकेका छन् । त्यसैले श्रीलंकाले धेरै भन्दा धेरै खाद्यान्न उत्पादन गर्न चाहेको छ ।
श्रीलंकाले संकट समाधानका लागि भन्दै दक्षिण एशियाली खाद्य बैंकसँग पनि सहयोग मागेको छ । श्रीलंकामा संकट निम्तिएपछि त्यहाँका जनताले निरन्तर प्रर्दशन गरेका थिए । दर्जनौं राजनीतिक नेताहरुले राजीनामा समेत दिएका छन् ।