अडियो काण्डमा संलग्न ३ जनालाई एमाले कास्कीले गर्यो कारवाही

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले स्थानिय तहको निर्वाचनमा पार्टीको हित विपरीतका कार्य गर्ने तीन जनालाई कारवाही गरेको । जिल्ला अध्यक्ष मनबहादुर गुरुङले बुधबार एक विज्ञप्ती जारी गदैँ मनोज पहारी, महेश अर्यार्ल र प्रशान्त आचार्यलाई कारवाही गरिएको जनाएका छन् ।

पोखरा वडानम्बर २१ का संगठित सदस्य रहेका पहारीलाई पार्टी सदस्यबाट निलम्बन, ३३ नम्बर वडा कमिटी उपाध्यक्ष अर्याललाई जिम्मेवारीबाट पद मुक्त गदै पाटीृको संगठित सदस्यबाट समेत निलम्बन र आचार्यलाई पार्टी संगठित सदस्इबाट निलम्बन गरिएको छ ।

स्थानिय निर्वाचन २०६९ को शिलशिलामा पोखरा महानगरपालिकाको निर्वाचनसंग जोडिने अनेकौँ विषयहरुको बारेमा नेकपा एमाले कास्कीले मसिनो गरी अध्यन गरेको उल्लोख गरेका छन् ।

पार्टी विधानको धारा ८० अनुसार अनुशासन उल्लघंन गरिएको ठहर गदै धारा ८१ बमोजिम कारवाही पक्रिया अगाडी बढाइएको गुरुङले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

  • १८ जेष्ठ २०७९, बुधबार १४:०७ प्रकाशित