सुख्खा पहिरोमा पुरिदाँ २ को ज्यान गयो

केन्द्रभाग मिडिया

संखुवासभा ।

संखुवासभामा सुख्खा पहिरोमा पुरिदाँ दुई जनाको ज्यान गएको छ । चैनपुर नगरपालिका–१, नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् । स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।

  • १८ जेष्ठ २०७९, बुधबार १३:३१ प्रकाशित