सरकारले डिजेल र पेट्रोलको पूर्वाधार कर घटायो, मूल्य पनि घट्ने अपेक्षा

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

निरन्तर मुल्य उकालो लागेको डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर सरकारले घटाएको छ ।डिजेल र पेट्रोलमा लिटरमा १० र१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बताएको जनाइएको छ ।

पूर्वाधार कर घटाएसँगै अब मूल्य पनि समायोजन हुने अपेक्षा लिइएको छ । मुल्य घटाउने र निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्ने जनाइएको छ ।

पछिल्लो पटकको मूल्य वृद्धिपछि पेट्रोलमा सरकारले एक लिटरमा लिने कर ६३ रुपैयाँ २३ पैसा पुगेको थियो । यस्तै डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर लाग्छ उठाउने गरेको छ भने मटीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लाग्छ ।

यस्तै, खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ ३७ पैसा राजश्व सरकारले उठाउने गरेको छ भने हवाइ इन्धन आन्तरिकमा २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर लाग्छ ।

  • १८ जेष्ठ २०७९, बुधबार १०:१० प्रकाशित