जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले सत्ता सञ्चालनको लागि जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । माओवादीले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा आज(बुधबार)देखि प्रशिक्षण दिने भएको हो । पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।

जनप्रतिनिधिलाई राजनीतिक, वैचारिक, प्रशासनिक, कानुनी, लेखा परीक्षण, सूचना प्रविधिक र जनतासँगको सम्बन्ध सुधारका विषयमा प्रशिक्षण दिइने भएको छ ।

माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौँ कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए । बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने भएका छन् ।

बुधबार बिहान ११ बजे अध्यक्ष प्रचण्डले उद्घाटन गरेपछि बेलुका ५ बजे सकिने जनाइएको छ । बिहीबार बिहान ८ बजे सुरु भई बेलुका ६ बजे नारायणकाजी श्रेष्ठले सम्मान गरेर सकिनेछ

स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण तयारी समिति समेत गठन गरिएको छ । जसमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, उर्मिला अर्याल, देव गुरुङ र प्रकाश विकल्प छन् ।

प्रशिक्षकको रुपमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, उर्मिला अर्याल, देव गुरुङ, मुक्ति प्रधान लगायत नेताहरु छन् ।

  • १८ जेष्ठ २०७९, बुधबार ०९:४९ प्रकाशित