पोखरा नगरकार्यापालिका सदस्य निर्वाचनमा गठबन्धनले एमालेबाट निर्वाचित सदस्यलाई प्रभाव र दबाबमा पार्न खोजेको एमालेको आरोप

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेले पोखरा महानगर कमिटिले नगरकार्यापालिका सदस्य निर्वाचनमा गठबन्धनले आफ्ना सदस्यलाई प्रभावित पार्न खोजिएको आरोप लागाएको छ ।

मंगलबार फेसबुकमा स्टाटस् लेख्दै एमाले पोखरा महानगरक कमिटि अध्यक्ष दिलिप न्यौपानेले एमालेका नगर सदस्यलाई प्रभावित पारेर नतिजा आफ्नो पोल्टामा पार्न गठबन्धनका दलहरु लागि परेको आरोप लगाएका हुन् ।

न्यौपानले निर्वाचित नगर सदस्यलाई लोभ देखाउनुका साथै अनेक षड्यन्त्रमार्फत प्रभावित पार्न खोजिएको स्टाटसमा उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘अनेक षड्यन्त्र गर्दा पनि केही नलागेपछि परिवारका सदस्यलाई अपहरण शैलीमा घर बाट उठाउने जस्ता घृणित कार्य गर्न थालिएको छ ।’

सदस्यलाई प्रभावित पार्न भएका घटनाप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको न्यौपानेले उल्लेख गरेका छन् । ‘हाम्रो पार्टी, लोतान्त्रिक मूल्य मान्यता र पार्टी प्रणालीमा विश्वास गर्दछ,’ न्यौपानेले लेखेका छन्,‘ यस्ता हर्कत विरुद्ध कुनै पनि कदम उठाउन नपरोस्, पोखरा महानगरका नवनिर्वाचित मेयर साब अलि सम्मालिनुहोस, अनुरोध छ ।

एमालेको बहुमत भएपनि तीन मत क्रस हुँदा नतिजा उल्टिन्छ ।

आयोग निर्वाचनको तयारीमा

पोखरा महानगरपालिकाको कार्यपालिकाको चुनाव भोलि बुधबार हुँदैछ । ८ जना कार्यपालिका सदस्य चुन्नका लागि मतदान हुन लागेको हो । मतदानमा नगर सभामा निर्वाचित १ सय ६७ जनाले मतदान गर्नेछन् । मुख्य निर्वाचित अधिकृत कार्यालयले जिल्ला समन्वय समितिको हलमा बिहान १० बजेदेखि १ बजेसम्म मतदानको समय तोकेको छ ।

निर्वाचनमा ८ पदका लागि १६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकरी दिएको छ । महिला सदस्यतर्फ ५ जनाका लागि ८ जना र अल्पसंख्यक सदस्यतर्फ ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको हो । ८ जनाका लागि नेकपा एमालेले सबै पदमा उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसले ५, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीले १्१ पदमा उम्मेदवारी दिएका छन् ।

५ महिला सदस्यका लागि एमालेबाट धनकुमारी पोख्रेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्माले मनोनयन दर्ता गराएका छन् । कांग्रेसबाट डाल्डादेवी भुजेल, दुर्गादेवी केसी, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुवा गुरुङले मनोनयन दर्ता गराएका छन् । ३ दलित वा अल्पसंख्यक सदस्यका लागि एमालेबाट गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियाली, माओवादीबाट भीमबहादुर सार्की, जनता समाजवादीबाट पानबहादुर घर्ती र एकीकृत समाजवादीबाट लालबहादुर विकको उम्मेदवारी परेको छ ।

पोखरा महानगरको नगर सभामा नेकपा एमालेको स्पष्ट बहुमत छ । एमालेको बहुमत भएकाले ८ जना एमालेबाट नै चुनिने निश्चित छ । पोखरा नगर सभाको १ सय ६७ सदस्यमा नेकपा एमालेले ८६ सदस्य जितेको छ भने नेपाली कांग्रेसले ७९ र एकीकृत समाजवादीले मेयर र वडा नम्बर २२ मा स्वतन्त्र उम्मेवार विजयी भएका छन् ।

  • १७ जेष्ठ २०७९, मंगलवार १४:५९ प्रकाशित