काठमाडौं।
दोर्दी खोला जलविद्युत कम्पनीले जेठ २६ बाट ३१ गतेसम्म साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले यस अवधिमा बिक्री नभएर असार ९ गतेसम्म निष्कासन गर्ने छ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका २१ लाख ९५ हजार ५०९ कित्ता सेयर जारी गर्न लागेको हो।आयोजना प्रभावितलाई कम्पनीले सेयर जारी गरिसकेको छ। प्रभावितले नकिनेको २ लाख ९७ हजार ८४० कित्तासमते गरेर कम्पनीले सेयर जारी गर्न लागेको हो।
कम्पनीले ६५ हजार ८६५ कित्ता आफ्ना कर्मचारीका लागि सेयर आरक्षित गरेको छ भने १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ।
बाँकी रहेको २० लाख १९ हजार ८६९ कित्ता सेयर सर्वसाधारणले पाउने छन्। कम्पनीको कुल अनुमानित लागत २ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ छ। कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १७ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।