काठमाडौं ।
अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुनखानीमा मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ ।
झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिएका छन् । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा हिंसा भड्किएको थियो ।
१० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए । सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए ।
घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको उनले बताए ।