नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट २३ प्रतिशत मानिसको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा २३ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ।

सोमबार विश्व सुर्तीजन्य पदार्थररहित दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै क्यान्सर रोग विशेषज्ञ डा। सन्ध्या चापागाईले वर्षेनी नेपालमा २३ प्रतिशत मानिसहको मृत्यु सुर्तीजन्य पदार्थका सेवनका कारण हुने गरेको बताएकी हुन्।

‘विश्वभर ९६ लाख मानिसको मृत्यु सुर्ती जन्य पदार्थको सेवनबाट हुने गरेको पाइएको छ। त्यमध्येपनि ८५ प्रतिशत मानिसको मृत्यु फोक्सोको क्यान्सरका कारण हुने गरेको छ’, उनले भनिन्, ‘नेपालमा भने २३ प्रतिशत मानिसले सुर्ती जन्य पदार्थको सेवनबाट ज्यान गुमाउने गरेका छन्।’

डा। चापागाईका अनुसार ६ सय वटा केमिकल तत्व मिलेर चुरोट बनेको हुन्छ।

उनले भनिन्,‘त्यही ६ सय वटा केमिकललाई जलाउदा ७ हजार बटा केमिकल तत्वहरु निस्कन्छन्। ती तत्वहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई असरु गरिरहेको हुन्छ।’

सुर्तीजन्य पदार्थको हानीकाबारेमा जानकारी दिन र सेवन गर्नबाट रोक्नका लागि हरेक वर्ष मे ३१ का दिन विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ।
सुर्तीजन्य पदार्थले क्यान्सर, फोक्सोको रोग, मुटु रोग र पक्षघात जस्ता गम्भीर रोग निम्त्याउँछ।

स्वास्थ्य विज्ञहरूका अनुसार केही दशकयता सुर्तीजन्य पदार्थको उपभोग निकै तीव्र गतिमा बढेको छ।

  • १६ जेष्ठ २०७९, सोमबार १७:१२ प्रकाशित