प्रम देउवाको प्रतिवद्धता : ‘निर्मला पन्तको हत्यारालाई पक्राउ गरेरै छाड्छौं’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताएका हुन् ।

‘बलात्कारजस्तो घटनामा अपराधीलाई क्षमा दिन सकिँदैन, ढिलो-चाडो अपराधीलाई कानूनी कठघरामा उभ्याइने छ ।’ देउवाले भने
पन्तको बलात्कार पछि हत्या भएको झण्डै ४ वर्ष पुगीसक्दा पनि उनको हत्यारा पत्ता लाग्न सकेको छैन ।

  • १६ जेष्ठ २०७९, सोमबार १७:०० प्रकाशित