सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

उपाध्यक्ष पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ ।

त्यस्तै, आइतबार संसद्को संयुक्त बैठकमा पेश भएको आर्थिक वर्ष २०७९/ ०८० को बजेट कार्यान्वयनबारे पनि बैठकमा छलफल हुने उनले बताइन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सभागिता छ ।

  • १६ जेष्ठ २०७९, सोमबार १६:४३ प्रकाशित